असार ३२, २०८३, बिहीबार

जल्धारे टोल विकास संस्थाको शनिबार २०औं साधारणसभा


Advertisement Image
clock icon 1 year, 1 month ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं २६ काे जल्धारे टोल विकास संस्थाको शनिबार २०औं साधारणसभा तथा २०८२ को भित्तेपात्रो विमोचन गरिएको छ ।

पोखरा महानगरपालिका २६ का वडाध्यक्ष नरेन्द्र थापाले समाज विकासमा टोल विकासको महत्त्वपूर्ण भुमिका रहने बताए ।

टोल संस्था समाजका ऐना रुपमा रहेकाे बताउँदै समुदायका स-साना विषयमा पनि जानकार हुने उनकाे भनाइ छ ।

समाजमा हुने सबै कुरामा टोल संस्थाकाे प्रत्यक्ष सहभागिता रहने र जनताका विकास निर्माणमा जानकार हुने उनले बताए ।


टोल विकास संस्थाका अध्यक्ष महेन्द्र ढुंगानाको अध्यक्षतामा भएकाे कार्यक्रममा वडा सदस्यद्वय तिर्थबहादुर राजभाट, सुदिपराज ढुंगाना, जल्धारे जेष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष मनोहरी ढुंगाना, सल्लाहकार ईन्द्रप्रसाद ढुंगाना, लेखनाथ ढुंगाना, नमुना महिला समुहकी अध्यक्ष अङ्गुरदेबि भूर्तेल ढुंगाना, सीता अधिकारी ढुंगाना, रमेशराज ढुंगाना लगायतले बाेलेका थिए ।

कार्यक्रममा रमेशराज ढुंगाना, नमुना महिला समुहको तर्फवाट ८४ वर्ष माथिका ज्येष्ठ नागरिक शक्तिबल्लभ ढुंगाना, दुर्गा ढुंगाना, खिमलाल ढुंगाना, मंगलि ढुंगानालाई सम्मान गरिएको थियो ।

सचिव महादेव ढुंगानाले सचिव प्रतिवेदन र कोषाध्यक्ष विवेक ढुंगानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष कल्पना लामिछाने ढुंगानाले राखेकी थिइन् ।

Copyright © 2024 | All rights reserved.