जेठ १८, २०८३, सोमबार

एसीसी यू-१६ इस्ट जोन प्रतियोगितामा आज नेपालले भुटानविरुद्ध खेल्दै


Advertisement Image
clock icon 10 months, 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपालले एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गत आज भुटानविरुद्ध खेल्दैछ ।  यो खेल नेपाली समय अनुसार यो खेल आज बिहान ७: ४५ बजेदेखि शुरु हुदैछ ।

प्रतियोगितामा नेपाल शुरुका तीन खेलमा जित हासिल गरेर नेपाल सेमिफाइनलमा पुगिसकेको छ । नेपाल ३ खेलमा ६ अंकसहित समुह ए मा शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै यस समुहमा ३ खेलमा ६ अंकनै सहित सिंगापुर दोस्रो स्थानमा छ र सिंगापुर पनि सेमिफाइनलमा पुगिसकेको छ । यस समुहबाट जापान, इन्डोनेसिया र भुटान भने बाहिरिएका छन् ।  

त्यस्तै समुह बी बाट मलेसिया र हङकङ चाइना सेमिफाइनलमा पुगिसकेका छन् भने थाइल्याण्ड, म्यान्मार र माल्दिभ्स बाहिरिएका छन् ।   

आज समुह चरणका अन्तिम खेल हुदैछन् र यी खेलपछि समुह विजेता र उपविजेताको टुंगो लाग्ने छ र सेमिफाइनलको समीकरण तय हुने छ ।

प्रतियोगिताको सेमिफाइनल खेल जुलाई ३ मा हुने छन् भने तेस्रो स्थान र फाइनल खेल जुलाई ५ मा हुने तालिका रहेको छ ।

यस प्रतियोगितामा नेपालसहित सिंगापुर, जापान, इन्डोनेसिया, भुटान, हङकङ चाइना, मलेसिया, थाइल्याण्ड, म्यान्मार र माल्दिभ्सका यू-१६ टिम सहभागी छन् ।

विपिन प्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय यू-१६ टिम मलेसियामा यो प्रतियोगिता खेलिरहेको छ ।

नेपाली टिममा विपिन प्रसाद शर्मा (कप्तान), सुर्यान्शु कोइराला (उपकप्तान), शिवांश बजगाई (विकेट किपर), परिमार्जन यादव (विकेटकिपर), रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन शाही रहेका छन् ।

Copyright © 2024 | All rights reserved.