असार ३२, २०८३, बिहीबार

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट


Advertisement Image
clock icon 1 year ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/ ८३ का लागि बजेट सार्बजनिक गरेको छ ।

आइतबार राष्ट्रिय सभा गृहमा बसेको नगर सभा बैठकमा उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट सार्बजनिक गरेकी हुन्।

डंगोलले महानगरको बजेटमा पूर्वाधारमा ५१ प्रतिशत, शिक्षा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा २० प्रतिशत र बाँकी अन्य क्षेत्रका लागि बजेट विनियोजन गरेको बताएकी छन् । 

यस अघि आजैको नगरसभा मेयर बालेन शाहले महानगरले नीति तथा कार्यक्रम पेश गरेका थिए । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० भित्र सभामा पेस गर्नुपर्ने उल्लेख भएपनि काठमाडौं महानगरमा मेयर बालेन शाह र प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंबीचको विवादले सो समयभित्र नीति तथा कार्यक्रम र बजेट आउन नसकेको हो ।

 

Copyright © 2024 | All rights reserved.