जेठ १८, २०८३, सोमबार

कांग्रेस नेताद्वय रामबाबु र दयाराज भण्डारीलाई मातृशोक


Advertisement Image
clock icon 10 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली कांग्रेसका नेताद्वय रामबाबु भण्डारी र दयाराज भण्डारीलाई मातृशोक परेको छ । भण्डारीमा माता हरिकला भण्डारीको ८८ बर्षको उमेरमा आज बिहान आफ्नै निवास पोखरा महानगरपालिका वडा नं. २९ भण्डारढिकमा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार हरिकला केही दिनदेखि अस्वस्थ रहेकी थिइन् । स्व. भण्डारीको सोमबार दिउँसो लेखनाथको मदौरेघाटमा अन्त्येष्टि गरिएको छ ।

भण्डारीका तीन छोरा श्यामबाबु, रामबाबु र दयाराज भण्डारी तथा तीन छोरी ईन्दिरा रिमाल, शान्ति तिवारी र शोभा शर्मा लामिछाने छन् ।

उनका जेठा छोरा श्यामबाबु पूर्व शिक्षक हुन् । यस्तै, माइला छोरा रामबाबु कास्की कांग्रेसका उपसभापति हुन् भने कान्छा छोरा दयाराज भण्डारी नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सदस्य हुन् । 

यसैबीच नेपाली कांग्रेस कास्की क्षेत्र नं १ ले हरिकलाको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी सचिव सरोज केसीले शोक विज्ञप्तिमार्फत दुःख व्यक्त गरेका हुन् । हरिकलाको निधनले पार्टीमा अपूरणीय क्षति पुगेको केसीको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

सचिव केसीले विज्ञप्तिमा लेखेका छन्, ‘हाम्रो अभिभावक हरिकलाको निधनले कांग्रेस नेताहरु रामबाबु, दयाराज, शुभेच्छुक श्यामबाबुसहित सबै परिवारमा परेको शोकप्रति सिंगो नेपाली कांग्रेस पार्टी स्तव्ध एवं मर्माहत भएको छ, दुःखको यस क्षणमा सबै परिवारमा धैर्यधारण गर्ने शक्ति झाँझरमारे कालिका भगवतीले प्रदान् गरुन् भन्दै हार्दिक समवेदना व्यक्त गर्दछौँ ।’

यता नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति कास्की र पोखरा महानगर कार्यसमितिले हरिकलाको निधनप्रति दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.