जेठ १८, २०८३, सोमबार

आर्वामा एकै पटक रोपियो १५ सय विरुवा


Advertisement Image
clock icon 10 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं १३ आर्वामा फलफूल विभिन्न प्रजातिका एक हजार पाँच सय विरुवा रोपिएको छ ।

सुनडाँडा टोल विकास संस्थाको आयोजना तथा रोटरी क्लब अफ नक्साल शक्ति र रोट्र्याक क्लब अफ नक्साल शक्तिको संयुक्त व्यवस्थापनमा उक्त विरुवा रोपिएको हो ।

सुनडाँडा टोलविकास संस्थाका सचिव रामेश्वर बराल (रामुकाका) का अनुसार पोखरा-१३ काहुँखोलादेखि महाप्रभुधामसम्मको करिब पाँच किलोमिटर पक्की सडककोे दायाँबाँया विरुवा रोपिएको हो । 

‘भविष्य बढाऔँः २०२५ लाई हरियो वर्ष बनाऔँ’ भन्ने मूल नाराका साथ वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा रोटरी क्लब अफ नक्साल शक्तिका अध्यक्ष अप्सरा कोइराला, क्लबका संस्थापक अध्यक्ष डा. लुना शर्मा, गण्डकी प्रदेशका पूर्व उपसभामुख सिर्जना शर्मा, रोटरी क्लब पोखराका पूर्वअध्यक्ष डिस्ट्रक्ट ३२९२ का क्षेत्रीय संयोजक जितेन्द्र सिग्देल, रोट्र्याक क्लबका सस्थांपक अध्यक्ष विप्लव ज्ञवाली, सुनडाँडा टोल विकास  संस्थाका अध्यक्ष शम्भुबहादुर बराल, वडासदस्य सुचित तामाङ्गलगायत सहभागी थिए ।

कार्यक्रम सञ्चालन रोटरी क्लबका सचिव ई. धुव्र पौड्यालले गरेका थिए ।

Copyright © 2024 | All rights reserved.