असार ३२, २०८३, बिहीबार

पृथ्वीराजमार्ग अवरुद्ध, यातायात ठप्प


Advertisement Image
clock icon 11 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । धादिङको गल्छी गाउँपालिका वडा नं ६, जरेखेतमा पहिरो खसेका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

रुखसहितको पहिरो खसेपछि आज बिहानदेखि सडकमा दुईतर्फी यातायात ठप्प भएको छ।

धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले पहिरो हटाउन उपकरणसहित सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएका छन्।

पहिरोका कारण काठमाडौँतर्फ जाने सवारीसाधन गजुरीमा र मुग्लिनतर्फ आउने सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन्।

लगातारको वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम उच्च रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

Copyright © 2024 | All rights reserved.