असार ३२, २०८३, बिहीबार

नेपाल किसान महासंघ गण्डकीमा भण्डारी निर्वाचित


Advertisement Image
clock icon 11 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाल किसान महासंघ गण्डकी प्रदेशको अध्यक्षमा पुष्पमणि भण्डारी निर्वाचित भएका छन् । संघको पोखरामा सम्पन्न प्रथम अधिवेशनले भण्डारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । 

संघको उपाध्यक्षमा उमा ठकुरी र गंगाधर काफ्ले, सचिव विश्वराज आचार्य, सहसचिवमा रामप्रसाद पौडेल छन् । यस्तै कोषाध्यक्षमा गंगा खनाल मनोनित भएका छन् । 

संघको कार्यसमिति सदस्यमा विष्णुप्रसाद पौडेल, चूडामणि महतो, मीना पाठक क्षेत्री, हेम अधिकारी, खेमराज खनाल, प्रकाश देवकोटा, मञ्जु श्रेष्ठ, दधीलाल सापकोटा, यामबहादुर खत्री, शोभाकान्त काफ्ले, सीतादेवी डुम्रे, अमृत लम्साल, रामवन्धु अर्याल, शिवकुमारी खत्री, छुमकली गैह्रे कंडेल, रामकुमार नेपाली, विष्णुप्रसाद लामिछाने, यामबहादुर खत्री र कविराज खनाल छन् ।

Copyright © 2024 | All rights reserved.