असार ३२, २०८३, बिहीबार

मुस्ताङको धुम्वा खोलाले बगाउँदा बागलुङका हिमाल बेपत्ता


Advertisement Image
clock icon 11 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । मुस्ताङमा धुम्वा खोलाले बगाउँदा शुक्रबार एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बागलुङको जिल्ला निसीखोला गाउँपालिका वडा नं ६ का २३ वर्षीय हिमाल विक छन् ।

उनी मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं ५ फेन्ताङस्थित इको ब्रो कृषि फार्ममा विगत छ महिनादेखि कार्यरत थिए ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार श्रीमतीसहित पाँच जनाको समूह कोभाङ फेदी जङ्गलमा च्याउ टिप्न जाने क्रममा धुम्बा खोला तर्ने क्रममा अचानक खोलाको पानीको बाहव बढ्न गई विकलाई खोलाले बगाएको थियो ।

धुम्बा खोलाले बगाउँदा युवा बेपत्ता भएको प्रहरी कार्यालयमा खबर गरिएलगत्तै मुस्ताङका प्रहरी प्रमुख छिरिङ किप्पा लामाको कमाण्डमा आठ जनाको प्रहरी टोली र सहायक प्रहरी निरीक्षक सुरज श्रेष्ठको कमाण्डमा सात जनाको प्रहरी टोली खटिएर बेपत्ता युवाको खोजतलास कार्य जारी राखेको प्रहरी निरीक्षक विकास क्षेत्रीले जानकारी दिए । 

खोलाले बगाएको उक्त स्थान जिप्रका मुस्ताङबाट करिब सात किमी पश्चिम पूर्वमा पर्ने प्रहरीले जनाएको छ । घटनाबारे थप विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.