असार ३२, २०८३, बिहीबार

स्याङ्जाकाे पुतलीबजारबाट पाँच जना जुवाडेलाई रंगेहात पक्राउ


Advertisement Image
clock icon 10 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पाँच जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ । उनीहरुको साथबाट ११ हजार दुई सय ७० रुपैयाँ नगद बरामद भएको छ ।

पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका वडा नं १३ का ४९ वर्षीय प्रेम राज थापा, ५३ वर्षीय हिमप्रसाद सार्की, ३१ वर्षीय राजु थापा, ३१ वर्षीय सन्देश थापा भन्ने जलिन्द्र थापा, ३१ वर्षीय राजु थापा भन्ने रोविन थापा छन् ।

प्रहरीका अनुसार पुतलीबजार-१३ कुलबाँधस्थित प्रेमराज थापाको घरमा तास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुबिरुद्ध जुवा खेलेको कसूरमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 

Copyright © 2024 | All rights reserved.