असार ३२, २०८३, बिहीबार

सुनको भाउ निरन्तर उकालो, आज कतिमा हुँदैछ कारोबार ?


Advertisement Image
clock icon 10 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा सुनको भाउ उकालो लाग्नेक्रम जारी छ । अघिल्लो साता भदौ गते ९ सोमबार प्रतितोला एक लाख ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ निरन्तर वृद्धि भई आज बुधबार प्रतितोला दुई लाख सात हजार नौ सय रुपैयाँ कायम भएको छ । यो सुनको मूल्य इतिहासकै सबैभन्दा धेरै हो । 

सुन भदौ १० गते मंगलबार प्रतितोला एक लाख ९८ हजार सात सय, ११ गते बुधबार एक लाख ९९ हजार, १२ गते बिहीबार एक लाख ९९ हजार चार सय, १३ गते शुक्रबार दुई लाख छ सय, १५ गते आइतबार दुई लाख तीन हजार छ सय, १६ गते सोमबार दुई लाख पाँच हजार तीन सय र १७ गते मंगलबार दुई लाख पाँच हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । 

मंगलबारको तुलनामा भने बुधबार तोलामा दुई हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 
आज पोखरामा सुनको भाउ प्रतितोला दुई लाख आठ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।

यता आज असली चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला दुई हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी मंगलबार प्रतितोला दुई हजार चार सय ८५ रुपैयाँमा कारोबार भएको थियो । 

आज पोखरा बजारमा चादीी प्रतितोला दुई हजार पाँच सय १० रुपैयाँमा कारोबार भइरहेको छ । 

Copyright © 2024 | All rights reserved.