बैशाख ०४, २०८३, शुक्रबार

नेपाल बङ्गलादेशसँग सात विकेटले पराजित


Advertisement Image
clock icon 4 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपाल बङ्गलादेशसँग सात विकेटले पराजित भएको छ। नेपालको यो प्रतियोगितामा दोस्रो हार हो।

युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रङ्गशालामा भएको खेलमा बङ्गलादेशले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको थियो।

नेपालले निर्धारित ५० ओभरको खेलमा ३१.१ ओभरमा सबै विकेट गुमाउँदै जम्मा १३० रन बनायो।

नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन, आशिष लुहारले २३ तथा साहिल पटेलले १८ रनको योगदान दिए।

बलिङतर्फ बङ्गलादेशका लागि एमडी सोबुजले तीन तथा साद इस्लाम, अजिजुल हाकिम र शाह्रियर अहमदले दुई-दुई विकेट लिए।

जवाफमा १३१ रनको विजयी लक्ष्य बङ्गलादेशले २४.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो।

बङ्गलादेशका लागि जावाद अब्रारले अविजित ७० रन (६८ बल, ७ चौका, ३ छक्का) बनाए भने कलाम सिद्दिकीले ६६ बलमा ३४ रन बनाए।

बलिङतर्फ नेपालका लागि अभिशेख तिवारी र युवराज खत्रीले समान एक-एक विकेट लिए।

नेपाल यसअघि आफ्नो पहिलो खेलमा मङ्सिर २७ गते टेष्टराष्ट्र श्रीलङ्कासँग आठ विकेटले पराजित भएको थियो।

Copyright © 2024 | All rights reserved.