बैशाख ०४, २०८३, शुक्रबार

आशिष दियाली र एलिना चौहानको ‘बिजुली’ सार्वजनिक


Advertisement Image
clock icon 3 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नयाँ वर्ष २०२६ को शुरूआतसँगै नेपाली संगीत क्षेत्रमा अर्को आकर्षक प्रस्तुति थपिएको छ।

गायक आशिष दियाली र लोकप्रिय गायिका एलिना चौहानको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘बिजुली’ सार्वजनिक गरिएको छ।

आशिष दियाली प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको गीतको म्युजिक भिडियो यूट्यूबमार्फत सार्वजनिक गरिएको हो।

लोक र आधुनिक संगीतको सन्तुलित संयोजन रहेको ‘बिजुली’ ले प्रेम, आकर्षण र युवापुस्ताको भावना उजागर गरेको छ।

गीतमा प्रयोग भएका शब्द, संगीत र गायनले श्रोताको मन छुने खालको अनुभूति दिन्छ।

म्युजिक भिडियोमा बिना राउत र सरोज प्रजाको आकर्षक अभिनय तथा ऊर्जाशील नृत्य देख्न सकिन्छ, जसले गीतलाई अझ जीवन्त बनाएको छ।

दृश्य संयोजन, छायांकन र सम्पादन पक्ष सशक्त देखिएको भिडियोले सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।

निर्माण टिमले ‘बिजुली’ ले नयाँ वर्षमा नेपाली संगीतप्रेमीको प्लेलिस्टमा स्थान बनाउने विश्वास व्यक्त गरेको छ।

‘बिजुली’ गीतको म्युजिक भिडियो आशिष दियाली नामक यूट्यूब च्यानलमार्फत हेर्न सकिन्छ।

Copyright © 2024 | All rights reserved.