बैशाख ०४, २०८३, शुक्रबार

आज देशभरको मौसम कस्तो रहला ?


Advertisement Image
clock icon 3 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशभरिको मौसममा त्यसको प्रभाव देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सफा रहने भए पनि तराईमा भने चिसो र हुस्सुको प्रकोप बढेको छ।

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली हुने देखिएको छ।

तराईका अधिकांश स्थानमा भने बाक्लो हुस्सु र कुहिरो लाग्ने हुनाले दैनिक जनजीवन र यातायातमा सामान्य प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।

साथै, कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको छ।

आज राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदलीकै अवस्था रहनेछ भने तराईका धेरैजसो स्थानमा हुस्सु र कुहिरो कायमै रहनेछ।

महाशाखाले चिसोबाट बच्न र आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

Copyright © 2024 | All rights reserved.