बैशाख ०४, २०८३, शुक्रबार

कस्तो होला देशभरको मौसम ?


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले तराईका अधिकांश भूभाग र पहाडी क्षेत्रको मौसममा फेरबदल आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार तराईका धेरैजसो स्थानमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ।

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहे पनि बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने देखिएको छ।

आज दिउँसो तराईका अधिकांश स्थानमा मध्यान्हसम्म हुस्सु र कुहिरो कायम रहनेछ भने कोशी प्रदेशका हिमाली भेगमा आंशिक बदली हुने सम्भावना छ।

रातको समयमा पनि तराईका केही स्थानमा हुस्सु कायमै रहने तर पहाडी तथा हिमाली भूभागमा भने मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ।

हुस्सु र कुहिरोका कारण दृश्यात्मकता कम हुने भएकाले बिहानको समयमा जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई र सडक यातायात प्रभावित हुन सक्ने देखिएको छ।

महाशाखाले यात्रा गर्दा र चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई विशेष अनुरोध गरेको छ।

Copyright © 2024 | All rights reserved.