बैशाख ०६, २०८३, आइतबार

नेपाल थाइल्यान्डसँग आठ विकेटले पराजित


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । काठमाडौँमा आजदेखि शुरू भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल आठ विकेटले थाइल्यान्डसँग पराजित भएको छ।

नेपालले दिएको एक सय २३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो।

थाइल्यान्डका नथाकन चन्थमले ५७ रन बनाइन्।

नेपालका लागि बिन्दु रावलले ४४ रन बनाइन् भने सम्झना खड्काले २६ र रुबिना क्षेत्रीले १७ रन बनाइन्।

थाइल्यान्डका थिपात्चा पुथावङवले चार विकेट लिए।

नेपालको दोस्रो खेल बिहीबार नेदरल्यान्ड्ससँग हुनेछ।

Copyright © 2024 | All rights reserved.