बैशाख २२, २०८३, मंगलबार

आज शहीद दिवस मनाइँदै


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपालमा प्रजातन्त्र स्थापना र नागरिक स्वतन्त्रताका लागि आफ्नो जीवनको आहुति दिने शहीदहरूको सम्मानमा आज (माघ १६ गते) देशभर 'शहीद दिवस' मनाइँदैछ। यसै अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

जहानियाँ राणा शासनविरुद्ध आवाज उठाएबापत वि.सं. १९९७ मा मृत्युदण्ड पाएका चार वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको योगदानलाई विशेष रूपमा स्मरण गर्दै यो दिवस मनाइन्छ। माघ १० गतेदेखि शुरू भएको 'शहीद सप्ताह' को आज अन्तिम दिन हो।

आज बिहानै काठमाडौँको शान्तिवाटिकाबाट शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी आयोजना गरिएको छ भने विभिन्न स्थानमा शहीदहरूको प्रतिमामा माल्यार्पण गरी उनीहरूको सपना पूरा गर्ने प्रतिबद्धता जनाइँदैछ।

शहीदहरूको बलिदानकै कारण मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र सम्भव भएको भन्दै आज सरकारी निकाय, शिक्षण संस्था र विभिन्न सङ्घसंस्थामा औपचारिक कार्यक्रमहरू भइरहेका छन्।

Copyright © 2024 | All rights reserved.