जेठ ०९, २०८३, शनिबार

विश्व हिन्दू युवा संघको गण्डकी प्रदेश अध्यक्षमा विष्णुराज पौडेल मनोनित


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । विश्व हिन्दू युवा संघ–राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिको गण्डकी प्रदेश अध्यक्षमा पोखराका विश्वराज पौडेललाई मनोनित भएका छन्।

समितिका अध्यक्ष कपिलेश जङ्ग शाहले पौडेललाई गण्डकी प्रदेश अध्यक्षमा मनोनित गरेका हुन् ।

पौडेल लामो समयदेखि समाजसेवा र मानवीय सेवामा सक्रिय छन्।

मनोनयन पत्रमा हिमवतखण्ड, गण्डकी महात्म्य, धर्मक्षेत्र पोखरा महानगरपालिका वडा नं २७ निवासी पौडेललाई प्रदेश अध्यक्षमा मनोनयन गरिएको उल्लेख गरिएको छ।

समितिले नेपाललाई विश्व शान्तिका लागि पुनः विश्व गुरु राष्ट्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित अघि सारिएका पाँच ‘ग’ सिद्धान्त-गोरक्षनाथ, गाई, गौड, गाजा (आयुर्वेद) र ज्ञान (वेद)-लाई आत्मसात् गर्दै राष्ट्र, राष्ट्रियता, मानवता र विश्व शान्तिका लागि मन, वचन र कर्मले योगदान गर्ने प्रतिबद्धताका आधारमा पौडेललाई जिम्मेवारी दिइएको हो।

मनोनयन पत्रमा धार्मिक तथा सांस्कृतिक मूल्यमान्यताको संरक्षण, गोरक्षभूमि नेपाललाई विश्व शान्तिको केन्द्रका रूपमा स्थापित गर्ने अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको उल्लेख छ।

समितिले प्रदेश अध्यक्ष पौडेललाई सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेको छ। 

Copyright © 2024 | All rights reserved.