साउन २७, २०८३, बुधबार

सिर्जनाचोकमा वृक्षरोपण


Advertisement Image
clock icon 58 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। पोखरा महानगरपालिका वडा नम्बर ८ कार्यालयको आयोजनामा सिर्जनाचोकमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।

‘एक बिरुवा रोपौँ, हजारौँ सपना हुर्काऔँ’ भन्ने नाराका साथ बुधबार कार्यक्रम गरिएको हो।

वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालको नेतृत्वमा भएको कार्यक्रममा जनप्रतिनिधि, स्थानीय बासिन्दा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।

वातावरण संरक्षण तथा हरियाली प्रवर्धन गर्ने उद्देश्यले सिर्जनाचोक आसपासका क्षेत्रमा विभिन्न प्रजातिका फलफूल तथा अन्य बिरुवा रोपिएको वडा कार्यालयले जनाएको छ।

कार्यक्रममा वडा अध्यक्ष बरालले बिरुवा रोप्नु मात्र नभई त्यसको संरक्षण र स्याहारसुसार गर्नु अझ महत्वपूर्ण रहेको बताए।

वातावरणलाई स्वच्छ र हराभरा बनाउन वडाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनले बताए।

Copyright © 2024 | All rights reserved.