बैशाख ०२, २०८३, बुधबार

सकियो पवित्र सहकारीको भ्रमण


Advertisement Image
clock icon 2 hours, 49 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । भाट बन्धुहरुले संचालन गरेको पोखराको पवित्र वचत तथा ऋण सहकारी संस्थाले आन्तरिक पर्यटन प्रवर्द्धनको लागि कालिन्चोक भगवती, हलेसी महादेव र ऐतिहासिक सिन्धुली गढीको अवलोकन गरी चार दिने भ्रमण सम्पन्न गरेको छ ।

कार्यबहाक अध्यक्ष चन्द्रु रानाभाटको नेतृत्व, सचिव एकेन्द्र वञ्जरा र लेखनाथ रानाभाटको संयुक्त संयोजकत्वमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना गरिएको उक्त अवलोकन भ्रमणमा सय भन्दा धेरै शेयर सदस्यहरु सहभागी भएका थिए ।

सो अवसरमा पहिलो दिन चरिकोट, दोश्रो दिन कालिञ्चोक भवगतीको मन्दिर र भिमेश्वर महादेव मन्दिर दर्शन, तामाकोशी, सुनकोशी नदिको किनारै किनार मन्थली हुँदै कालिन्जोरको खुकोर्ट, तेश्रो दिन ऐतिहासिक हलेसी महादेव मन्दिर दर्शन र चौथो दिन सिन्धुली गढी र हेटौडाको शहिर स्मारक पार्कको अवलोकन गरी भ्रमण सम्पन्न गरिएको थियो ।

सहकारीले शेयर सदस्यहरुलाई वर्षको एक पटक अवलोकन भ्रमण गराउँदै आएको वताउँदै यसले नेपालका ऐतिहासिक स्थालहरुको प्रचारप्रसार भई पर्यटनको विकासमा टेवा पुग्ने पुर्व अध्यक्ष शिवबहादुर रानाभाटले वताए ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.