जेठ १८, २०८३, सोमबार

बढ्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ सामान्य बढेको छ। बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा सय र चाँदीको ३० रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै बिहीबार छापावाला सुन प्रतितोला तीन लाख दुई हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि बुधबार सुनको भाउ प्रतितोला तीन लाख दुई हजार सात सय रुपैयाँ रहेको थियो।

यता बुधबार प्रतितोला पाँच हजार दुई सय २० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बढेर बिहीबार पाँच हजार दुई सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । माघ १५ गते सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव तथा माग–आपूर्तिको अवस्थाले स्थानीय बजारमा मूल्य घटबढ हुने गरेको बजार विश्लेषकहरूको दाबी छ ।

Copyright © 2024 | All rights reserved.