0
प्रतिक्रिया
काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टीको १५औँ महाधिवेशन सहमतिमै सम्पन्न गर्न पूर्ण अधिकारसहितको साझा संयन्त्र गठन गर्न प्रस्ताव गरेका छन्।
शनिबार नेता पूर्णबहादुर खड्काको निवासमा १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले पार्टीलाई एकढिक्का बनाउँदै सहमतिपूर्ण ढंगले अघि बढ्न साझा संयन्त्र बनाएर सोही संयन्त्रलाई महाधिवेशन सम्पन्न गर्ने सम्पूर्ण अधिकार दिनुपर्ने धारणा राखे।
त्यस्तो संयन्त्रबाट सम्पन्न हुने महाधिवेशनबाट चयन हुने नेतृत्वमा सबै पक्षको स्वामित्व रहने उनको भनाइ छ।
महतले विशेष महाधिवेशनमा पार्टीको एक समूह मात्र सहभागी भएको उल्लेख गर्दै त्यसबाट निर्वाचित कार्यसमितिका निर्णयहरू एकपक्षीय भएको टिप्पणी गरेका छन्।
उनले १५औँ महाधिवेशनका लागि दुवै पक्षबाट साझा संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए। उनका अनुसार सबै पक्ष एक भएर अघि बढ्न आवश्यक भए पनि त्यसको निर्णय अर्को पक्षमा निर्भर रहने बताए।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनले गगनकुमार थापालाई सभापतिमा चयन गरेको थियो। उक्त निर्णयविरुद्ध शेरबहादुर देउवा पक्ष सर्वोच्च गएको थियो।
शुक्रबार सर्वोच्च अदालत ले थापा पक्षलाई वैधानिकता दिएसँगै १४ औँ महाधिवेशनका पदाधिकारीबीच छलफल जारी छ।
Copyright © 2024 | All rights reserved.