0
प्रतिक्रिया
काठमाडौँ । सरकारले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले यही वैशाख २८ गते दिउँसो २ बजेका लागि संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए ।
यसअघि संसद आह्वान गरेर पनि अर्को दिन नै स्थगितका लागि सरकारले राष्ट्रपतिसँग सिफारिस गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले संसद बैठक स्थगित गरेका थिए ।
सरकारले संसद बैठक स्थगित गरेर विभिन्न अध्यादेश ल्याएको छ ।
तीव्र गतिमा काम गर्ने नाममा सरकारले संसद बैठक छलेर अध्यादेश ल्याएको हो ।
Copyright © 2024 | All rights reserved.