बैशाख २३, २०८३, बुधबार

बढ्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 1 hour, 27 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। नेपाली बजारमा केही दिनदेखि लगातार घटेको सुनचाँदीको भाउ बुधबार भने ह्वात्तै बढेको छ। मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा पाँच हजार आठ सय र चाँदीको एक सय ७५ रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९६ हजार आठ सय र प्रति १० ग्रामको दुई लाख ५४ हजार चार सय ६० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण  महासंघले जनाएको छ।

यसअघि मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ९१ हजार र प्रति १० ग्रामको दुई लाख ४९ हजार आठ सय ८५ रुपैयाँ रहेको  थियो।

यता, मंगलबार प्रतितोला चार हजार आठ सय ८० र प्रति १० ग्रामको चार हजार एक सय ८४ रुपैयाँ कायम भएकोे असली चाँदीको भाउ बुधबार बढेर प्रतितोला पाँच हजार ५५ र प्रति १० ग्रामको चार हजार तीन सय ३४ रुपैयाँ पुगेको छ ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2024 | All rights reserved.