बैशाख २३, २०८३, बुधबार

सुरक्षित वैदेशिक रोजगारीमा प्रहरीको भूमिका सुदृढ बनाउन अभिमुखीकरण


Advertisement Image
clock icon 1 hour, 20 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाअन्तर्गतको सुरक्षित आप्रवासन कार्यक्रमको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा ‘प्रहरीसँग सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागी वक्ताहरूले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र शोषणरहित बनाउन कानूनी सचेतना अत्यावश्यक रहेको बताएका छन् ।

कास्की प्रहरीका डीएसपी हरिबहादुर बस्नेत, पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरिया र प्रहरी निरीक्षक गणेश पाण्डेले सुरक्षित वैदेशिक रोजगारीका विविध पक्ष, यससँग सम्बन्धित कानूनी संयन्त्र, कानूनी उपचारका प्रक्रिया तथा नेपाल प्रहरीको भूमिकाबारे जानकारी गराएका थिए ।

उनीहरूले वैदेशिक रोजगारीका क्रममा हुने ठगी, मानव बेचबिखन तथा अन्य अपराध नियन्त्रणका लागि प्रहरी सक्रिय रूपमा काम गरिरहेको र पीडितलाई न्याय दिलाउन कानुनी प्रक्रिया सहज बनाउने प्रयास भइरहेको पनि बताएका छन् ।

सुरक्षित आप्रवासन कार्यक्रमका जिल्ला संयोजक आदिम श्रेष्ठका अनुसार कार्यक्रममा अपराध अनुसन्धान, निवेदन शाखा, चौकी इन्चार्ज, महिला तथा बालबालिका सेल लगायतमा कार्यरत प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।

उनले कार्यक्रमले प्रहरीलाई वैदेशिक रोजगारीसम्बन्धी मुद्दामा थप सशक्त र संवेदनशील बनाउने अपेक्षा गरिएको जानकारी दिए ।

कार्यक्रमले वैदेशिक रोजगारीका चुनौती र समाधानबारे प्रहरी निकायमा एकीकृत बुझाइ विकास गर्न सहयोग पुगेको आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.