0
प्रतिक्रिया
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजेदेखि शुरू हुनेछ ।
जारी शृङ्खलामा हालसम्म दुई खेल सम्पन्न भइसकेका छन् । दुवै खेलमा स्कटल्याण्ड विजयी बनेको छ । पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ-लेविस नियमका आधारमा दुई रनले पराजित गरेको थियो । त्यसपछि भएको खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमअनुसार दुई रनले नै हराएको थियो ।
आईसीसी क्रिकेट विश्वकप लिग-२ को अंक तालिकामा नेपाल हाल सातौँ स्थानमा छ ।
नेपाललाई विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउन बाँकी सबै ११ खेल जित्नुपर्ने दबाब छ । साथै, एकदिवसीय मान्यता जोगाइराख्न शीर्ष ६ भित्र रहनुपर्ने भएकाले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ ।
नेपालले हालसम्म २५ खेल खेल्दा आठ जित, १५ हार र दुई खेलमा नतिजाविहीन रहँदै १८ अंक जोडेको छ ।
अमेरिका २५ खेलबाट १८ जितसहित ३६ अंक जोडेर दोस्रो स्थानमा छ भने स्कटल्याण्ड ३० खेलमा १६ जितसहित ३८ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।
Copyright © 2024 | All rights reserved.