जेठ ०९, २०८३, शनिबार

जेठ १४ मा बकर ईदको सार्वजनिक बिदा


Advertisement Image
clock icon 10 hours, 59 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । सरकारले बकर ईदका अवसरमा आगामी जेठ १४ गते देशभर सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सो दिन सार्वजनिक बिदा रहने जनाएको हो ।

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मुस्लिम आयोगको सिफारिसका आधारमा बकर ईद परेको दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिएका छन् ।

ईद-उल-अज्हा अर्थात् बकर ईद मुस्लिम समुदायको महत्वपूर्ण धार्मिक पर्व हो ।

यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।

नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गर्दछ ।

Copyright © 2024 | All rights reserved.