0
प्रतिक्रिया
पोखरा । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति जिप दुर्घटना हुँदा एक जना वडा सदस्यको निधन भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी दिनेश पौडेलका अनुसार वडा कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको ग१ज ५८६५ नम्बरको जिप अँधेरीनेटा क्षेत्रमा दुर्घटनाग्रस्त भई करिब ५०० मिटर तल खसेको थियो।
दुर्घटनामा परी सोही वडाका वडा सदस्य केशवराज पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ।
५२ वर्षीय पौडेलको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।
घाइते पौडेललाई उपचारका लागि पोखरा ल्याइएको भए पनि अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा जीप चालक २७ वर्षीय बुद्धिसागर पौडेल र ४६ वर्षीय राजेन्द्र पौडेल घाइते भएका छन्।
उनीहरूको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
Copyright © 2024 | All rights reserved.