जेठ २६, २०८३, मंगलबार

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनद्वारा शपथ ग्रहण


Advertisement Image
clock icon 1 hour, 45 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले शपथ ग्रहण गरेका छन्।

मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

प्रधानमन्त्री वालेन्द्र साह बालेनले आजै पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए। सोही अनुसार उनी पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका हुन्।

यसअघि सम्पत्ति विवरणसम्बन्धी विषयमा प्रश्न उठेपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले छानबिन समिति गठन गरेको थियो। समितिले गत शुक्रबार प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको थियो भने मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन ग्रहण गरेको थियो।

सरकारको निर्णयसँगै गुरुङ पुनः गृहमन्त्री बनेका हुन्। गुरुङ गोरखाऔ१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।

यस्तै, नवप्रवर्तन मन्त्रीमा महावीर पुनले पनि नियुक्ति स्वीकार गरेका छन्। उनी दोस्रो पटक मन्त्री बनेका हुन्।

यसअघि उनी सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्री रहेका थिए। पछि उनले पदबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र रूपमा निर्वाचन लड्दै प्रतिनिधिसभा सदस्यमा भारी मतले निर्वाचित भएका थिए।

प्रधानमन्त्रीहले हालसम्म गृह र नवप्रवर्तन मन्त्रालय आफैसँग राख्दै आएका थिए।

नयाँ मन्त्री नियुक्तिसँगै मन्त्रिपरिषद् विस्तारले सरकारको कामकाज र निर्णय प्रक्रियालाई थप गति दिने अपेक्षा गरिएको छ।

यसैबीच, महावीर पुन मन्त्री बनेसँगै सरकारको पक्षमा प्रतिनिधिसभामा १८३ सांसद पुगेको र सत्ता समीकरण अझ मजबुत भएको राजनीतिक वृत्तमा विश्लेषण गरिएको छ।

Copyright © 2024 | All rights reserved.