0
प्रतिक्रिया
पोखरा। कास्की प्रहरीले पोखरा महानगरपालिका-२६ विजयपुरमा अवैध रूपमा प्राकृतिक स्रोत दोहन (माटो उत्खनन)मा संलग्न एक स्काभेटर र तीन टिप्पर नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार साउन ७ गते दिउँसो करिब २ः३० बजे अवैध रूपमा माटो उत्खनन भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले माटो लोड गरिरहेको अवस्थामा एक स्काभेटर र तीन टिप्पर नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकामा पठाइएको थियो। महानगरपालिकाले सम्बन्धित पक्षलाई ७५ हजार रुपैयाँ जरिवाना गरी सवारीसाधन छाडेको प्रहरीले जनाएको छ।
प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधनहरूमा ग १ क ३७८८ नम्बरको स्काभेटर, ग १ ख ७७६६ नम्बरको टिप्पर, बा १ क ८१७७ नम्बरको टिप्पर र लु १ ख २९२० नम्बरको टिप्पर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध प्राकृतिक स्रोत दोहन तथा वातावरणविरुद्धका गतिविधिमाथि निगरानीलाई निरन्तरता दिइने जनाएको छ।
Copyright © 2024 | All rights reserved.