जेठ ३०, २०८३, शनिबार

मध्यान्तरसम्म अमेरिकाको शानदार प्रदर्शन, पाराग्वेविरुद्ध ३-० को अग्रता


Advertisement Image
clock icon 2 hours, 3 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा आयोजक अमेरिका पाराग्वेविरुद्ध मध्यान्तरसम्म ३-० ले अघि रहेको छ। अमेरिकाको सोफी स्टेडियममा जारी खेलमा घरेलु टोलीले पहिलो हाफमै प्रभावशाली प्रदर्शन गरेको हो।

अमेरिकाले खेलको सातौँ मिनेटमै अग्रता बनायो। पाराग्वेका डामियन बोबाडिलाबाट भएको आत्मघाती गोलले घरेलु टोलीलाई शुरूआती सफलता दिलाएको थियो। त्यसपछि फोलारिन बालोगुनले ३१औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए।

मध्यान्तरअघि थपिएको इन्जुरी समयको पाँचौँ मिनेटमा बालोगुनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै अमेरिकालाई ३–० को बलियो अवस्थामा पुर्‍याए।

पहिलो हाफमा अमेरिकाले ७१ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्दै खेलमा पूर्ण दबाब कायम गरेको छ।

अमेरिका ११औँ पटक विश्वकप खेलिरहेको टोली हो। सन् १९३० को पहिलो विश्वकपमा तेस्रो स्थान हासिल गरेको अमेरिका त्यसयता त्यो उपलब्धि दोहोर्याउन सकेको छैन। पाराग्वे भने आठौँ पटक विश्वकप खेलिरहेको छ र सन् २०१० मा क्वार्टरफाइनलसम्म पुगेको थियो।

यसअघि समूह ‘बी’ अन्तर्गत सम्पन्न अर्को खेलमा सहआयोजक क्यानडाले बोस्निया एन्ड हर्जगोभिनासँग १-१ गोलको बराबरी खेलेको थियो।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.