साउन १०, २०८३, आइतबार

पोखरा महानगरमा मेलमिलापकर्ताका लागि आवेदन आह्वान


Advertisement Image
clock icon 1 hour, 21 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि न्यायिक समितिमा मेलमिलापकर्ताको रूपमा सूचीकृत हुन इच्छुक व्यक्ति तथा संस्थासँग आवेदन माग गरेको छ।

महानगरपालिकाले सूचना जारी गर्दै पोखरा महानगरपालिका न्यायिक समिति (कार्यविधि सम्बन्धी) ऐन, २०७४ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम मेलमिलापकर्ता सूचीकृत गर्न आवेदन आह्वान गरेको जनाएको छ। सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र निवेदन दिन सकिनेछ।

महानगरका अनुसार मेलमिलाप सम्बन्धी तालिम प्राप्त गरेका व्यक्ति वा मेलमिलाप परिषद्बाट स्वीकृति प्राप्त गरी मेलमिलापसम्बन्धी कार्य गर्ने संस्थाले आवेदन दिन सक्नेछन्।

व्यक्तिगत आवेदकले नेपाली नागरिकताको प्रमाणपत्र, २५ वर्ष उमेर पूरा भएको प्रमाण, प्रविणता प्रमाणपत्र तह (कक्षा १२) वा सो सरहको शैक्षिक योग्यताको प्रमाणपत्र, ४८ घण्टे मेलमिलाप तालिमको प्रमाणपत्र, अनुभवसहितको व्यक्तिगत विवरण (बायोडाटा) तथा दुई प्रति हालसालै खिचिएको पासपोर्ट आकारको फोटो पेश गर्नुपर्नेछ।

यस्तै, संस्थाले मेलमिलाप परिषद्को स्वीकृतिपत्र, संस्था दर्ता तथा नवीकरण प्रमाणपत्र र संस्थाको नियमावलीसहित निवेदन पेश गर्नुपर्ने महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाका अनुसार निवेदन फाराम न्यायिक समितिको सचिवालयबाट निःशुल्क प्राप्त गर्न सकिनेछ।

Copyright © 2024 | All rights reserved.