साउन १९, २०८३, मंगलबार

वालिङमा अटो दुर्घटना हुँदा पाँच घाइते, दुई गम्भीर


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका-६ एक्लेपिपलमा अटो अनियन्त्रित भई करिब ३० मिटर तल खस्दा पाँच जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मिर्दी-चापाकोट भित्री सडकखण्डमा गण्डकी प्रदेश ०४-००१ ह ०५७४ नम्बरको अटो शुक्रबार अपराह्न करिब २ः३० बजे दुर्घटनामा परेको हो।

दुर्घटनापछि अटोमा सवार यात्रु र चालकलाई उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये २१ वर्षीया सलिना नेपालीको अवस्था गम्भीर रहेको छ। उनको टाउको र अनुहारमा चोट लागेको र थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ।

यस्तै, ५० वर्षीय दुर्गा बहादुर गौतमको पनि अवस्था गम्भीर रहेको भन्दै उनलाई पनि पोखरा पठाइएको छ।

अन्य घाइतेहरूमा १८ महिनाका दिप्सन नेपाली, २६ वर्षीया सुमित्रा नेपाली र अटो चालक २६ वर्षीय सुमन बस्याल रहेका छन्। उनीहरूको अवस्था मध्यमदेखि सामान्य रहेको बताइएको छ।

दुर्घटनापछि अटो घटनास्थलमै रहेको छ भने चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Copyright © 2024 | All rights reserved.