साउन १९, २०८३, मंगलबार

विश्वकप फुटवलमा मोरक्कोको रोमाञ्चक जित, अमेरिका लगातार दोस्रो जितसहित नकआउट चरणमा


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। विश्वकप-२०२६ को समूह चरणअन्तर्गत मोरक्कोले स्कटल्यान्डलाई १-० ले पराजित गर्दै रोमाञ्चक जित हासिल गरेको छ। खेल सुरु भएको ७१ सेकेन्डमै इस्माइल साइबेरीले गरेको गोल नै निर्णायक बन्यो।

स्कटल्यान्डका कप्तान ग्रान्ट ह्यान्लीको सामान्य गल्तीको फाइदा उठाउँदै साइबेरीले दायाँ किनाराबाट तीव्र गतिमा अघि बढेर सटिक प्रहारमा गोल गरेका थिए। त्यसपछि स्कटल्यान्डले खेलमा फर्किने प्रयास गरे पनि मोरक्कोको रक्षापंक्ति मजबुत देखियो।

लगातार दबाब सिर्जना गरे पनि स्कटल्यान्डले बराबरी गोल गर्न सकेन। दोस्रो हाफमा आक्रामकता बढाए पनि स्कटल्यान्ड अन्तिम प्रहारमा चुक्दा खेल मोरक्कोको पक्षमा टुंगियो।

यता, सहआयोजक अमेरिकाले पनि समूह चरणमा लगातार दोस्रो जित दर्ता गर्दै नकआउट चरणमा स्थान पक्का गरेको छ। सियाटलमा भएको खेलमा अमेरिकाले अस्ट्रेलियालाई २-० ले पराजित गर्यो।

क्रिस्टियन पुलिसिक पिँडुलाको चोटका कारण अनुपस्थित भए पनि अमेरिकाले खेलमा दबाब कायम राख्यो। ११औँ मिनेटमा क्यामरुन बर्गेसको आत्मघाती गोलबाट अग्रता लिएको अमेरिकाले पहिलो हाफको अन्त्यतिर एलेक्स फ्रिम्यानको हेडमार्फत अर्को गोल थप्यो।

अस्ट्रेलियाले दोस्रो हाफमा पुनरागमन प्रयास गरे पनि अमेरिकी रक्षापंक्ति मजबुत रह्यो। यससँगै अमेरिका लगातार दोस्रो जित निकाल्दै समूह चरणको अन्तिम खेलअघि नै नकआउटमा प्रवेश गरेको हो।

Copyright © 2024 | All rights reserved.