0
प्रतिक्रिया
पोखरा। पोखरा महानगरपालिकाले महानगर र वडा कार्यालयहरूमा श्रम डेस्क स्थापना गरी श्रम, समय, सीप, उत्पादन तथा उद्यमशीलतामा आधारित स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ।
गृहिणी महिलाहरूलाई उद्यमशीलता, नेतृत्व विकास र सामाजिक सुरक्षामा प्रोत्साहन गर्न आवश्यक तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
त्यसैगरी प्रशासन, सुरक्षा, प्राविधिक, प्राध्यापनलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याई निवृत्त भएका पूर्व राष्ट्रसेवकहरूको ज्ञान, सीप, दक्षता र अनुभवलाई महानगरको समृद्धिमा उपयोग गर्ने नीति लिइएको छ।
यसका लागि पूर्व राष्ट्रसेवकहरूको विवरण समेट्ने रोष्टर तयार गरी उनीहरूको अनुभवलाई विकास तथा नीति निर्माणका कार्यमा उपयोग गरिनेछ।
महानगरपालिकाले पोखरा-३३ मा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको स्मृतिमा निर्माणाधीन भानु स्मारक परियोजनालाई निरन्तरता दिने भएको छ।
उक्त स्मारकमा भानुभक्तको जीवनी तथा नेपाली साहित्यसम्बन्धी अध्ययन–अनुसन्धानका गतिविधिसमेत सञ्चालन गर्ने योजना रहेको छ।
साथै कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थलको संरक्षण, व्यवस्थापन र विकासका कार्यक्रमलाई पनि प्राथमिकताका साथ अघि बढाइने महानगरले जनाएको छ।
Copyright © 2024 | All rights reserved.