साउन २९, २०८३, शुक्रबार

सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। सोमबारको तुलनामा छापावाला सुनको भाउ प्रतितोला चार हजार पाँच सय रुपैयाँ घटेको छ भने चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले ओरालो लागेको छ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ७७ हजार नौ सय रुपैयाँ कायम भएको छ। सोमबार यही सुन प्रतितोला दुई लाख ८२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार प्रतितोला चार हजार तीन सय १० रुपैयाँ रहेको असली चाँदीको मूल्य मंगलबार घटेर चार हजार दुई सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यस वर्ष सुनचाँदीको मूल्यले हालसम्मकै उच्च रेकर्ड माघ १५ गते बनाएको थियो।

उक्त दिन सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय रुपैयाँ र चाँदी प्रतितोला सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो।

Copyright © 2024 | All rights reserved.