0
प्रतिक्रिया
काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ः४० बजे कोटदेवल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पका कारण हालसम्म मानवीय वा भौतिक क्षतिको कुनै विवरण प्राप्त भएको छैन। स्थानीयवासीले बिहानै आएको धक्कापछि केहीबेर त्रासको अवस्था सिर्जना भएको बताएका छन्।
पछिल्लो समय देशका विभिन्न भागमा लगातार साना-ठूला भूकम्पका धक्का महसुस भइरहेका छन्।
गत आइतबार रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो।
विज्ञहरूका अनुसार वर्षायाममा जाने भूकम्पले पहिरो, भूक्षय तथा कमजोर संरचनामा थप जोखिम निम्त्याउन सक्छ। त्यसैले सम्भावित विपद्प्रति सतर्क रहन र आवश्यक सावधानी अपनाउन उनीहरूले आग्रह गरेका छन्।
Copyright © 2024 | All rights reserved.