साउन १५, २०८३, शुक्रबार

बढ्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 3 hours, 5 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ बढेको छ।

बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा एक हजार र चाँदीको ५० रुपैयाँ बढेको हो।

मूल्य बढेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८५ हजार  रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि बिहीबार सुनको भाउ प्रतितोला दुई लाख ८४ हजार रुपैयाँ रहेको थियो ।

यता, बिहीबार प्रतितोला चार हजार तीन सय १० रुपैयाँ रहेको असली चाँदीको भाउ शुक्रबार बढेर चार हजार तीन सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Copyright © 2024 | All rights reserved.