साउन १०, २०८३, आइतबार

चन्द्रावती वाग्लेले तीज गीत 'उठौं चेली' लोकप्रिय


Advertisement Image
clock icon 1 hour, 50 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौं। गायिका चन्द्रावती वाग्ले को नयाँ तीज गीत ‘उठौं चेली-२’ युट्युबमार्फत सार्वजनिक भएको छ। यही साउन ६ गते प्रिमियर गरिएको गीतले छोटो समयमै दर्शकको राम्रो प्रतिक्रिया पाएको छ।

गीत सार्वजनिक भएको चार दिनमै युट्युबमा ३३ हजार २८९ भन्दा बढी भ्यूज प्राप्त गरेको छ। गीतले महिला अधिकार, कर्तव्य, आत्मसम्मान तथा घरेलु हिंसाविरुद्ध सचेतना फैलाउने सन्देश बोकेको छ।

गीतमा दीपक शर्मा को शब्द, संगीत तथा स्वर रहेको छ भने चन्द्रावती वाग्लेले पनि स्वर दिएकी छन्।

संगीत संयोजन दिबश थापा मगर ले गरेका हुन्। अडियो बाँसुरी डिजिटल मा रेकर्ड गरिएको हो भने मिक्सिङ तथा मास्टरिङ पनि दिबश थापा मगरले नै गरेका छन्।

भिडियोको निर्देशन बसन्त चालिसे ले गरेका हुन्। अर्जुन बास्तोलाको छायांकन रहेको भिडियोको सम्पादन तथा रङ संयोजन सुवास अमगाईंले गरेका छन्।

गीत सार्वजनिक गर्दै गायिका वाग्लेले छोरीहरूले अधिकार मात्र होइन, आफ्नो कर्तव्य पनि जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरेकी छन्।

सम्मान पाउन अरूलाई पनि सम्मान गर्न जान्नुपर्ने र जिम्मेवारी पूरा गर्दा पनि अन्याय तथा हिंसा भए त्यसको प्रतिकार गर्न आवश्यक रहेको उनको भनाइ छ।

विवाह भएको केही महिनामै सम्बन्धविच्छेद हुने, घरेलु हिंसा र पारिवारिक यातनाका कारण महिलाले ज्यान गुमाइरहेका घटनाप्रति सचेत हुनुपर्ने सन्देश पनि गीतमार्फत दिइएको छ।

‘उठौं चेली–२’ ले तीज पर्वलाई मनोरञ्जनसँगै महिला सशक्तीकरण र सामाजिक सचेतनाको अभियानका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.