0
प्रतिक्रिया
पोखरा। सूर्यचन्द्र विकास समाजले आफ्नो ३३औँ स्थापना दिवसको अवसरमा खुला रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ।
कार्यक्रम शुभारम्भ गर्दै प्राडा भरतबहादुर खत्रीले रक्तदान जीवनदान भएकाले यस्ता सामाजिक कार्यले समाजमा मानवता, सहयोग र सेवाभावको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
उनले सूर्यचन्द्र विकास समाजले स्थापना दिवसलाई औपचारिक कार्यक्रमभन्दा पनि सामाजिक उत्तरदायित्वसँग जोडेर रक्तदान कार्यक्रम आयोजना गर्नु प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सेवामूलक अभियानलाई निरन्तरता दिन आग्रह गरे।
संस्थाकी अध्यक्ष सावित्री कोइरालाले स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै रक्तदान कार्यक्रम आयोजना गरिएको बताइन्।
उनले रक्तदानले आपत्कालीन अवस्थामा रहेका बिरामीको जीवन बचाउन महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्दै समाजका सबै नागरिकलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गरिन्।
कोइरालाले समाजले आगामी दिनमा पनि सामाजिक, मानवीय तथा विकासमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।
संस्थाकी अध्यक्ष सावित्री कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव दीपक बरालले गरेका थिए भने उपाध्यक्ष हेमराज भण्डारीले स्वागत गरेका थिए।
कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू, सल्लाहकारहरू, अक्षयकोष दाताहरू तथा पोखरा-५ का शुभेच्छुकहरूको सहभागिता रहेको थियो।
Copyright © 2024 | All rights reserved.