0
प्रतिक्रिया
काठमाडौँ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले राष्ट्रिय मानवअधिकार आयोग संवैधानिक संस्था मात्र नभई संयुक्त राष्ट्रसंघीय मानवअधिकार प्रणालीसँग आबद्ध महत्वपूर्ण निकाय भएको उल्लेख गरे।
आयोगले अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूसँग सहकार्य गर्दै नेपालको मानवअधिकार अवस्थाबारे विश्व समुदायलाई जानकारी गराउने भूमिका निर्वाह गर्दै आएको उनको भनाइ थियो।
सांसद केसीले आयोगका प्रतिवेदन र सिफारिसलाई बेवास्ता गर्नु आयोगको अवमूल्यन मात्र नभई नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता, विश्वसनीयता, विधिको शासन र लोकतान्त्रिक छविमाथि समेत प्रश्न उठाउने कार्य भएको बताए।
उनले आयोगका अध्यक्षका अनुसार आयोगले दिएका सिफारिसमध्ये हालसम्म करिब १३ प्रतिशत मात्रै कार्यान्वयन भएको उल्लेख गर्दै आयोगकी सदस्य लिली थापा को प्रतिवेदन अझै सार्वजनिक नभएकोप्रति असन्तुष्टि जनाए।
सांसद केसीले उक्त प्रतिवेदन यथाशीघ्र सार्वजनिक गरी सांसदहरूलाई उपलब्ध गराउन र त्यसका आधारमा आवश्यक कानूनी कारबाही तत्काल अघि बढाउन सरकारसँग आग्रह गरे।
Copyright © 2024 | All rights reserved.