असार २५, २०८३, बिहीबार

नियमित अन्तर्राष्ट्रिय उडानले पर्यटन, व्यापार र आर्थिक गतिविधिमा नयाँ सम्भावना खुल्ने अपेक्षा


Advertisement Image
clock icon 4 hours, 7 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । संयुक्त अरब इमिरेट्स (यूएई)को वायुसेवा कम्पनी फ्लाइ दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक उडान सञ्चालनको तयारीलाई तीव्र बनाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अनुमति प्राप्त गरेपछि कम्पनीले सन् २०२६ सेप्टेम्बर २३ देखि पोखरा-दुबई-पोखरा दैनिक उडान शुरू गर्ने तयारी गरेको कम्पनीका नेपाल प्रतिनिधि तथा जनरल म्यानेजर नवराज शाहीले जानकारी दिए।

दुबई विश्वकै प्रमुख हवाई ट्रान्जिट केन्द्रमध्ये एक भएकाले पोखराबाट हुने प्रत्यक्ष उडानले मध्यपूर्व, युरोप, अफ्रिका लगायतका अन्तर्राष्ट्रिय गन्तव्यसँग पोखराको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फ्लाइ दुबईको नियमित उडानलाई पोखराको पर्यटन, व्यापार तथा समग्र आर्थिक विकासका लागि ऐतिहासिक अवसरको रूपमा व्याख्या गरे।

उनले यो उडानले पोखरालाई विश्वसँग प्रत्यक्ष जोड्ने महत्वपूर्ण उपलब्धि हुने विश्वास व्यक्त गरे।

नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पोखरालाई नेपालको प्रमुख पर्यटन तथा अन्तर्राष्ट्रिय हवाई गन्तव्यका रूपमा स्थापित गर्न थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

यसको दीर्घकालीन सफलताका लागि पर्यटन तथा निजी क्षेत्रका व्यवसायीहरूको सक्रिय सहभागिता आवश्यक रहेको इमिरेट्स नेपालका जनरल म्यानेजर रमेश लामिछाने र युटिटिका म्यानेजर प्रकाश विष्टले बताए।

Copyright © 2024 | All rights reserved.