जेठ २५, २०८३, सोमबार

घट्यो सुनको भाउ


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ। बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा एक हजार आठ सय र चाँदीको एक सय १० रुपैयाँ घटेको हो।

मूल्य घटेसँगै बिहीबार छापावाला सुन प्रतितोला दुई लाख ९८ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि बुधबार सुनको भाउ प्रतितोला तीन लाख पाँच सय रुपैया रहेको थियो ।

यता, बुधबार प्रतितोला पाँच हजार एक सय ३० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बिहीबार घटेर प्रतितोला पाँच हजार २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.