साउन ०६, २०८३, बुधबार

बढ्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 2 hours, 7 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। नेपाली बजारमा बुधबार सुनचाँदीको भाउमा भारी वृद्धि भएको छ।

मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा पाँच हजार चार सय र चाँदीको एक सय १० रुपैयाँ बढेको हो।

मूल्य बढेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९१ हजार रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ८४ हजार छ सय रुपैयाँ रहेको थियो ।

यता, मंगलबार चार हजार तीन सय ७० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बढेर बुधबार चार हजार चार सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Copyright © 2024 | All rights reserved.