बैशाख ११, २०८३, शुक्रबार

पोखरा-१९ काउरेमा वजरंगबली हनुमानजीको मूर्ति स्थापना


Advertisement Image
clock icon 1 hour, 27 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। पोखरा महानगरपालिका वडा नं.१९ मा विशाल शिलाबाट निर्माण गरिएको वजरंगबली संकटमोचन महावीर अहिरावण वधकारी पञ्चमुखी पवन पुत्र श्री हनुमान जीको मूर्तिमा प्राण प्रतिष्ठा गरिएको छ ।

प्राण प्रतिष्ठा पश्चात् नगर प्रमुख धनराज आचार्यले उक्त मूर्तिको अनावरण गरे।

विशाल शिलामा कुँदिएको वजरंगबली हनुमानजीको मूर्ति पोखरा-१९ काउरेमा स्थापना गरिएको छ ।

उक्त स्थानलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्य सहित हनुमानजी विशाल मूर्ति उक्त स्थानमा स्थापना गरिएको हो ।

उक्त अवसरमा दुर्गा पञ्चायन मन्दिरदेखि विशाल शोभा यात्रा, लक्ष्यदीप प्रज्वलन, हवन, रुद्री तथा अन्य विधिका साथ पूजाआजा लगायतका कार्यक्रमहरू गरिएका छन् ।

Copyright © 2024 | All rights reserved.