साउन ०७, २०८३, बिहीबार

पोखरामा यातायात व्यवस्थापन सुधारको पहल, सुरक्षित र स्मार्ट प्रणालीमा जोड


Advertisement Image
clock icon 1 hour, 24 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। पोखरा महानगरपालिकाले नगर क्षेत्रको यातायात व्यवस्थापनलाई थप व्यवस्थित, सुरक्षित र वातावरणमैत्री बनाउने उद्देश्यले सरोकारवाला निकायसँग विस्तृत छलफल गरेको छ।

महानगर प्रमुख धनराज आचार्यको अध्यक्षतामा भएको छलफलमा बढ्दो सवारी चाप व्यवस्थापन, सडक दुर्घटना न्यूनीकरण, सार्वजनिक यातायातको गुणस्तर सुधार, वातावरणमैत्री सवारी प्रवर्द्धन तथा आधुनिक ट्राफिक व्यवस्थापनका उपायबारे व्यापक छलफल भएको हो।

नगर प्रमुख आचार्यले पर्यटन राजधानी पोखरालाई सुरक्षित, सहज, आधुनिक र दिगो यातायात प्रणालीयुक्त सहरका रूपमा विकास गर्न महानगर प्रतिबद्ध रहेको बताए।

उहाँले प्रभावकारी यातायात व्यवस्थापनका लागि महानगर, ट्राफिक प्रहरी, यातायात व्यवसायी, सम्बन्धित सरकारी निकाय तथा अन्य सरोकारवालाबीचको समन्वय र सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।

छलफलमा स्मार्ट ट्राफिक व्यवस्थापन, विद्युतीय तथा वातावरणमैत्री सवारी साधनको प्रवर्द्धन, यात्रुमैत्री सेवा विस्तार, पार्किङ व्यवस्थापन तथा सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धिका विषयमा समेत सुझाव आदान–प्रदान गरिएको थियो।

पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिको आयोजनामा सम्पन्न कार्यक्रममा नगर क्षेत्रका यातायात सेवा प्रदायक व्यवसायीका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Copyright © 2024 | All rights reserved.