जेठ २६, २०८३, मंगलबार

तनहुँको सेराटारमा बस दुर्घटना हुँदा दुईको मृत्यु, २७ जना घाइते


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ५ सेराटारमा आज दिउँसो बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन् ।

पोखराबाट भैरहवा जाँदै गरेको ग २ ख १८३६ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

बस दुर्घटनामा घाइते भएका सबैलाई तत्काल उद्धार गरी तनहुँ दुलेगौंडास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारको लागि लागिएको थियो।

सोही अस्पतालमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको तर मृतकहरूको पहिचान हुन सकेको छैन ।

घाइतेमध्ये तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको भने एक जना सामान्य रहेकाले घर पठाइएको छ । अन्य घाइतेमध्ये नौ जना गम्भीर, १४ जना मध्यम र पाँच जना सामान्य छन् ।

घाइतेलाई थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको बताइएकाे छ ।

Copyright © 2024 | All rights reserved.