जेठ २७, २०८३, बुधबार

स्याङ्जामा चट्याङ लागेर एकको मृत्यु, एक घाइते


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

स्याङ्जा । स्याङ्जामा चट्याङ लाग्दा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा बिरुवा गाउँपालिका वडा नं २ श्रीडाँडा निवासी २० वर्षीय मिलन विक छन् ।

शुक्रबार बेलुका करिब ७ बजेको समयमा घरमै बसिरहेको अवस्थामा परेको चट्याङले गम्भीर घाइते भएका उनलाई तत्काल प्रदेश अस्पताल, पुतलीबजार लगिएको थियो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी प्रशन्नराज चौधरीका अनुसार उपचारकै क्रममा राति १:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

यसैगरी, सोही दिन साँझ ४:४० बजे स्याङ्जाको हरिनास गाउँपालिका-४ सार्थर निवासी ५८ वर्षीय खीमबहादुर थापा चट्याङ लागेर घाइते भएका छन्।

उनलाई उपचारका लागि सेतीगंगा अस्पताल तनहुँ लगिएकोमा उपचारपछि डिस्चार्ज गरिएको डीएसपी चौधरीले बताएका छन्।

चट्याङका कारण तेजबहादुर थापाको कुखुरा फार्ममा ठूलो क्षति पुगेको छ। फार्ममा रहेका करिब ५५० ओटा कुखुरा मरेका छन् भने संरचनामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

Copyright © 2024 | All rights reserved.