बैशाख १३, २०८३, आइतबार

राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा गोली चलेपछि ...


Advertisement Image
clock icon 2 hours, 1 minute ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनर समारोहका क्रममा शनिबार साँझ गोली चलेपछि वासिङ्टनमा सनसनी मच्चिएको छ ।

घटनापछि सुरक्षाकर्मीले तत्कालै हस्तक्षेप गर्दै स्थिति नियन्त्रणमा लिएका छन् भने संदिग्ध आक्रमणकारीलाई पक्राउ गरिएको बताइएको छ ।

वासिङ्टन हिल्टन होटलको लबी क्षेत्रमा गोली चलेको आवाज आएलगत्तै सुरक्षा टोली सक्रिय बनेको थियो । त्यसपछि राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई तत्कालै सुरक्षित स्थानमा सारिएको थियो ।

साथै समारोहमा सहभागी अन्य उच्चपदस्थ अधिकारी तथा अतिथिहरूलाई पनि सुरक्षित रूपमा बाहिर निकालिएको थियो ।

प्रत्यक्षदर्शी सञ्चारकर्मीहरूका अनुसार सुरुमा ठूलो आवाज आए पनि केही क्षणमै अवस्था तनावपूर्ण बनेको थियो । त्यसपछि भागदौड मच्चिएको र सुरक्षाकर्मीहरूले सशस्त्र रूपमा क्षेत्र नियन्त्रणमा लिएको जनाइएको छ ।

घटनापछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत प्रतिक्रिया जनाउँदै सुरक्षाकर्मी र गुप्तचर निकायको तत्काल कदमको प्रशंसा गरेका छन् । उनले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइसकिएको जानकारी दिएका छन् ।

हाल घटनास्थल वरपर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । अमेरिकी सुरक्षा निकायले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ ।

Copyright © 2024 | All rights reserved.