0
प्रतिक्रिया
सिराहा। सिरहामा शनिबार चट्याङ लागेर एक महिलाको घटनास्थलमै ज्यान गएको छ भने उनका श्रीमान् गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा सिरहा को मिर्चैया नगरपालिका–९ भगवानपुर टोलकी ३० वर्षीया रञ्जितादेवी सदा छन्।
घटनामा घाइते भएका ३५ वर्षीय मिथिलेश सदाको नजिकैको स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे मृतकका आफन्तलाई जानकारी गराइएको प्रहरीले जनाएको छ ।
चट्याङसँग सम्बन्धित घटनाहरू बढ्दै गएको भन्दै सतर्क रहन स्थानीयवासीलाई अनुरोध गरिएको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.