0
प्रतिक्रिया
काठमाडौँ / युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा नारायणकुमार भट्टराईलाई नियुक्त गरेको छ।
कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई आगामी कार्यकालका लागि नेतृत्व सुम्पिने निर्णय गरेको हो।
यसअघि साविकको गुराँस लाइफ इन्स्योरेन्समा सिइओको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका भट्टराईसँग बीमा क्षेत्रमा लामो अनुभव रहेको छ।
कम्पनीका निवर्तमान सीईओ कमल गौतमले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो।
नयाँ नेतृत्वसँगै कम्पनीले आगामी दिनमा व्यवसाय विस्तार र सेवा सुधारमा ध्यान दिने अपेक्षा गरिएको छ।
Copyright © 2024 | All rights reserved.